कोकिला ढकाल
इलाम, फागुन २६ गते । खैरो हेरोइनजस्तो देखिने वस्तुसहित प्रहरीले इलाममा दुुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का २२ वर्षीय रोशन लिम्बू र सोही स्थानका २२ वर्षकै लिलाबहादुर लिम्बूू रहेका छन् ।
प्रहरीले राजमार्गमा चेकजाँच गर्नेक्रममा इलाम नगरपालिका–९ सेरामा उनीहरू सवार मे. १ च. ४५२५ नम्बरको पिकअप गाडीबाट ३८० मिलिग्राम लागुऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उक्त गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुुसन्धान थालिएको प्रहरी निरीक्षक सञ्जिव बोगटीले जानकारी दिनुुभयो ।