• २६ फागुन २०८१, सोमबार

थुलुङ दूधकोशीबाट आमासहित नवजात शिशुको उद्धार

blog

सन्तोष राउत

सोलुखुम्बु, फागुन २५ गते। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको नेपाली सेनाको हेलिकाेप्टरबाट आमासहित नवजात शिशुको उद्धार गरिएको छ। 
थुलुङ दूधकोशी अस्पतालमा सामान्य अवस्थामा सुत्केरी हुनुभएकी थुलुङ दूधकोशी गाउँपालिका–८ रनेमकी २९ वर्षीया अर्पना राईको नवजात शिशुसहित उद्धार गरिएको हो। 

शिशुलाई स्वास प्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरमार्फत् काठमाडाैँ पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।