पूर्वाधार, कृषि र सूचना प्रविधिको विकासलाई प्राथमिकता दिइने
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको हो ।
तीन करोड ६१ लाखका कृषि औजारसहित कन्टेनर नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार)सहित तीन वटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।
जनप्रतिनिधिलाई योजना तर्जुमा तालिम
हरेक पालिकामा नयाँ योजना प्रस्तावको काममा सहज गराउन इलाममा जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धी तालिम दिइएको छ ।
चार सांसद सवार गाडी दुर्घटना
कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
मुन्दुम पदमार्गको प्रवर्धन गर्न राष्ट्रिय चित्रकला
मुन्दुम पदमार्गको विकास तथा प्रवर्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो ।
तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न
नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेज्युको प्रमुख आतिथ्यमा भएको अधिवेशन कार्यक्रममा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।
कोशी प्रदेश 'सिजन थ्री मिसेस स्टेट' हुने
विवाहित महिला लक्षित मिसेस स्टेट कोशी प्रदेश सिजन थ्री यहि जेठ १५ गते हुने भएको छ ।
कञ्चनजङ्घाको दक्षिणी आधार शिविरमा टावर निर्माण गरिदिन दूरसञ्चारलाई पत्र
कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ ।
पाँचथरमा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन हुने
पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
प्रहरीका असई शेर्पा सगरमाथाको चुचुरोमा
काठमाडौँ, जेठ ५ गते । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । महिला प्रहरीको नेतृत्व गर्दै उहाँले पहिलो पटक सगरमाथाको आरोहण गरी प्रहरीमा नयाँ इतिहास कायम गर्नुभएको छ । सोमबार बिहान ८ः५६ बजे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयले जनाएको छ । महानिरीक्षक थापाले सामाजिक सञ्जाल मार्फत बधाई समेत दिनुभएको छ । उहाँको यस उपलब्धिप्रति नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा तथा सम्पूर्ण प्रहरी परिवारले बधाई दिनुभएको छ । सोलुखुम्बु घर भएका शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा कार्यरत हुनुहुन्छ । चैत २५ गते प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबिच आइजिपी थापाले उहाँलाई लैङ्गिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको थियो । उहाँको साहस, समर्पण र उद्देश्यप्रति सम्मान प्रकट गर्दै प्रहरी सङ्गठनले विश्वास व्यक्त गरेको थियो । उहाँ सगरमाथा शिखर चुमेसँगै नेपाल प्रहरीको गौरव थप बढाएको सङ्गठनले जनाएको छ । अघिल्लो वर्ष नेपाल प्रहरीकै वरिष्ठ सई पुरुषोत्तम नेपालीले इन्टरपोल एक सय वर्ष पुगेको अवसरमा सगरमाथाको आरोहण गर्नुभएको थियो ।
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।
एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गर्नुभएको हो ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी रहेपछि खानेपानी, वासस्थान र शौचालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । २५ जना
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
झापा, जेठ ५ गते । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।”हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताउनुभयो । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ ।” उहाँले भन्नुभयो, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।”नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताउनुभयो । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उहाँको भनाइ छ ।विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताउनुभयो ।
कांग्रेस नेता कोर्मोचाको अन्त्येष्टि
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस ओखलढुंगा पूर्व सभापति महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ ।
वराहक्षेत्रमा स्वाइन फिभरको संक्रमण, ३१ बंगुर मरे
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन्।
इँवाखोलाको उत्पादन चार दिनदेखि बन्द
हाल रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि बन्द भएको छ। आयोजनाको विद्युत गृहमा समस्या आएसँगै चार दिन अर्थात गएको बिहीबार रातिदेखि विद्युत उत्पादन बन्द भएको हो।
पाँचथर क्याम्पसको प्रमुखमा ढुङ्गाना
पाँचथर बहुमुखी क्याम्पसको प्रमुखमा लक्ष्मी ढुङ्गाना नियुक्त हुनुभएको छ। क्याम्पस सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले प्रमुखमा ढुङ्गानालाई नियुक्त गरेको हो।
कन्याममा प्रदेशस्तरीय तस्बिर प्रदर्शनी
इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ ।
सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण
सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ ।
कोशी प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।
एक सय आठ धारा निर्माण
रामधुनी मन्दिर परिसर क्षेत्रमा १०८ धारा बनाउन सुरु गरिएको छ । भगवान् रामको पाउ स्पर्श भएको मन्दिर परिसर क्षेत्रमा धारा बनाउन सुरु गरिएको हो ।
बजार सुरक्षाका लागि ‘प्लमवाल’
उदयपुर सदरमुकाम गाईघाट बजार सुरक्षाका लागि बाढी प्रभावित क्षेत्रमा तारजालीमा ढुङ्गा भर्ने तथा सिमेन्ट छड जडान गरेर बनाइएको स्थायी प्रकृतिको ‘प्लमवाल’ सहितको तटबाँध निर्माणको काम सम्पन्न भएको छ ।