• ५ जेठ २०८२, सोमबार

कांग्रेस नेता कोर्मोचाको अन्त्येष्टि

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला स्वर्गीय महेशकुमार कोर्मोचाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै ।

काठमाडौं, जेठ ४ गते । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस ओखलढुंगा पूर्व सभापति महेशकुमार कोर्मोचाको आइतबार अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत उहाँको गृहनगर खिजीदेम्बा गाउँमै लगेर अन्त्येष्टि गरिएको छ । कुशल संगठक ८० वर्षीय कोमोर्चाको उपचारका क्रममा शुक्रबार राती काठमाडौँमा निधन भएको हो । 

आइतबार उहाँको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखेर अन्तिम बिदाइ गरिएको थियो । दिवंगत कोर्मोचालाई नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य तथा ओखलढुंगाका प्रतिनिधि सभा सदस्य रामहरि खतिवडालगायतले पार्टीको झण्डा र पुष्पगुच्छा अर्पण गर्दै अन्मित श्रद्दाञ्जली अर्पण गर्नुभयो ।

यसैगरी, सम्पर्क समिति सभापति खिलानाथ लुइटेल, पूर्व सांसद यज्ञराज सुनुवार, ओखलढुंगाका नेताहरू पेशल खतिवडा, खिलानाथ दाहाल, कुमार लुइटेल, लोककृष्ण भट्टराई, राजकुमार ढुंगाना, अजय लुइटेललगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 


केन्द्रीय सदस्य तथा ओखलढुंगाका प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा स्वर्गीय कोर्मोचाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । 

यसैबीच, ओखलढुंगाबाट प्राप्त समाचार अनुसार, स्वर्गीय कोर्माेर्चाको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रदीप कुमार सुनुवार र नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले पार्टीको झण्डा ओढाएर अन्तिम अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । कोर्मोचाको सुनुवार परम्परा र संस्कार अनुसार अन्मित संस्कार गरिएको जानकारी कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले दिनुभयो ।