• ५ जेठ २०८२, सोमबार

तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न

blog

नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न ।

काठमाडौँ, जेठ ५ गते । नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेज्युको प्रमुख आतिथ्यमा भएको अधिवेशन कार्यक्रममा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।

गाउँपालिकाको अध्यक्षमा गोपाल घिमिरेसहित २७ सदस्यीय कार्यसमिति सर्वसम्मत भएका छन् । दुई उपाध्यक्ष, दुई सचिव ,दुई सह–सचिव, एक कोषाध्यक्ष र अन्य सदस्यहरू सर्वसम्मत भएका छन् ।

अधिवेशन कार्यक्रमबाट खुला, महिला, दलित, खस आर्य, द्वन्द्व पीडितबाट नौ जना जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भिष्मराज आङ्देम्बेले तरुण दलको महाधिवेशन नभएको लामो समय भएकाले सङ्गठनलाई चलायमान बनाउनका लागि निश्चित समय थपी यहि कार्यसमितिमार्फत दलको पाँचौँ महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले तरुण दल पार्टीको मेरुदण्ड भएकाले अनुशासित ढङ्गले अघि बढी बेथितिलाई चिर्दै राष्टको विकासमा तरुणहरू लाग्नुपर्ने कुरा बताउनुभयो ।