चिया उत्पादनमा सुधार
निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् ।
प्रस्तावित कोशी उच्च बाँध, डिपिआरका लागि ‘ड्रिलिङ’ सुरु
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि ड्रिलिङ कार्य अघि बढाएको छ । आयोजनाका निमित्त प्रमुख सहदेव थापाका अनुसार कोशी उच्च बाँध निर्माण कार्य अघि बढाउनका लागि विस्तृत अध्ययनको कार्य आरम्भ गरिएको हो ।
अपाङ्गता भएका नागरिकलाई सीपमुलक तालिम
अपाङ्ग सेवा संघ पाँचथरले फिदिम नगरपालिका भित्रका १४ जना अपाङ्गता भएका नागरिकलाई कुचो बाट्ने तालिम दिएको छ।
एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु
ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको छ।गत जेठ १ गते बिहीबार रातिदेखि बन्द रहेको आयोजनाको विद्युत उत्पादन पुन सुरु भएको हो।
दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन
खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ।
मोरङमा ठुलो परिमाणमा लागु औषधसहित सयौं पक्राउ
मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने लागु औषधको अवैध ओसारपसार, कारोबार तथा दुर्व्यसन नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै प्रहरीले सशक्त कदम चालेको हो ।
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन ।
हिमालको काखमा याक
याकलाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेश गरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ ।
ताप्लेजुङका ६ बहुवर्षे योजना स्वीकृत
कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो ।
चौदण्डीगढीको मध्यावधि कार्य प्रगति सार्वजनिक
उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामालगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
श्रीअन्तुमा अल्झेको मन
मलाई नेपालभरि अलि अलि इलाम छर्न मन लाग्यो कवि भूपि शेरचनको कविता पढेको बर्सौंअघि हो । कुन्ती मोक्तान र बुलु मुकारुङको स्वरमा ‘इलामे सहर चियाबारी राम्रो, त्यही प¥यो घर हाम्रो’ गीत सुनेको उहिल्यै हो । भूपिको कवितांश ‘चियाबारीमा उभिएर आफूलाई दिउँसै लिलाम गर्न मन लाग्यो’ यति धेरै पढियो तर पैता
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण
सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गर्नुभएका उहाँ हाल ६१ वर्षको हुनुभयो ।
हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पु¥यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।
गुराँस कम फुल्दा तीनजुरे सुनसान
अघिल्ला वर्षमा यतिबेला तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसले ढाकेर ढकमक्क हुन्थ्यो । जता हेरे पनि रातै देखिन्थ्यो । पर्यटकको ताँती लाग्ने गथ्र्यो तर यो वर्ष अघिल्लो वर्षको तुलनामा गुराँस कम फुलेको छ ।
जलवायु परिवर्तनको असरप्रति विमर्श
बर्सेनि बढ्दो जलवायु असरबारे नेपालका हरेक घरपरिवारले थाहा पाउनुपर्ने शुक्रबार इलाममा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
शिवसताक्षीमा आयुर्वेदका उपचार निःशुल्क
आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताउनुभयो ।
ताप्लेजुङमा करेन्ट लागेर १० पशु चौपाया मरे
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेन्ट लागेर १० ओटा पशु चौपाया मरेका छन्।शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा करेन्ट लागेर स्थानीय विजय एभेङ लिम्बूका १० ओटा पशु चौपाया मरेका छन्।
खेल शिक्षकलाई कबड्डी प्रशिक्षण
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेल शिक्षकलाई कबड्डी खेलसम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको छ। गाउँपालिकाभरिका विद्यालयका खेल शिक्षकलाई कबड्डी विधाको खेलसम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको हो।
भारतीय सेनाको टोलीद्वारा कञ्चनजङ्घा आरोहण
भारतीय सेनाको आरोही टोलीले ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गरेको छ । भारतीय सेनाका कर्नेल रणभीरसिंह जमवाल नेतृत्वको टोलीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको हो ।
चिसोपानी पञ्चमी बजार
इलामको माङसेबुङ गाउँपालिका–६ (दाँया) र पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ (बाँया)को सङ्गमस्थलमा अवस्थित चिसोपानी पञ्चमी बजार ।
मिक्वाखोलाका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। नयाँ शैक्षिक वर्ष सुरु भएसँगै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो।
ताप्लेजुङमा जिप दुर्घटना : नौ जना घाइते
ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
भोजपुरको कोटमा प्रसूति भवन निर्माण
टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।
बेलिब्रिज झिकेसँगै थपियो सास्ती
फोक्सिङटारस्थित सुनकोशीमा जडान गरिएको बेलिब्रिज झिकिएपछि खोटाङका नागरिकका दुःखका दिन फेरि सुरु भएको छ । दिक्तेल–गाईघाट छो