खोटाङमा ४३ प्रतिशत मत खस्यो
फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ।
पाँचथरमा ४९.६३ प्रतिशत मतदान
पाँचथर जिल्लामा ४९.६३ प्रतिशत मत खसेको छ। जिल्लाभर ७१ हजार १ सय ७० मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको हो।
उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, मतगणना आजै
उदयपुरका दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
इलाममा खस्यो ५७ प्रतिशत मत
यस पटकको निर्वाचन इलाममा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । यस निर्वाचनमा जिल्लामा ५७ प्रतिशत मत खसेको छ ।
झापामा आज रातिदेखि मतगणना सुरु हुने
प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेकाे छ ।
ओखलढुङ्गाको सातसल्ले केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य, समानुपातिकमा चार मत
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् ।
झापामा करिब ६५ प्रतिशत मत खस्यो
बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन झापामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।
इलाममा मतपेटिका सङ्कलन सुरु
मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ ।
भोजपुरमा २७ प्रतिशत मत खस्यो, मतगणना भोली हुने
भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ ।
अस्थायी मतदान केन्द्रमा १० प्रतिशत मात्रै मत
सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कृषि तालिम केन्द्र अस्थायी मतदान केन्द्रमा करिब १० प्रतिशत मात्रैले मतदान गर्नुभएको छ ।
झुम्का कारागारमा १४९ जना कैदीबन्दीले गरे मतदान
सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ ।
सुनसरीमा ५६ प्रतिशत मतदान
सुनसरीमा ५६ प्रतिशत मत खसेको छ । मतदानस्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
इलाम कारागारभित्रै मतदान
इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्।
ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो
ताप्लेजुङमा बिहीबार दिउँसो ३ः३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको हो ।
ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान
ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको हो।
धनकुटामा २ बजेसम्म ३१ प्रतिशत मत खस्यो
धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।
झापामा ४१ प्रतिशत मत खस्यो
झापामा ४१ प्रतिशत मत खसेको छ ।
इलाममा १०७ वर्षीया वृद्धाद्वारा मतदान
इलामको चुलाचुुली गाउँपालिका -६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ ।
सङ्खुवासभामा २७ हजार ८३९ मत खस्यो
सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो कुल मतदाताको २३ दशमलव २७ प्रतिशत हो ।
भोजपुरमा २७ प्रतिशत मत खस्यो
भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ । जिल्लाका कुल १ लाख २३ हजार ३ सय ७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १ सय ७४ पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
धनकुटामा २३ प्रतिशत मत खस्यो
धनकुटामा १ बजे सम्ममा २३ प्रतिशत मत खसेको छ ।
इलाममा ४० प्रतिशत मत खस्यो
आज भइरहेको मतदानमा दिउँसो १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ । मतदान स्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
ताप्लेजुङमा २८ प्रतिशत मत खस्यो
ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।
शोकबिच पनि मताधिकारको प्रयोग
मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा शोकबिच पनि मतदाताको उल्लेख्य सहभागिता देखिएको छ ।