शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साहारा लिम्बू
फुङलिङ, फागुन २१ गते । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको हो।
१०३ वर्षीया नर्वदा कार्कीलाई छोरा नेत्रप्रसाद कार्कीले पिठ्युँमा बोकेर मतदान केन्द्र पुर्याउनुभएको थियो। जिल्लामा बिहीबार दिउँसो २ः१० बजेसम्म ३८ हजार ५ सय ५४ मत खसेको छ। जसमा २० हजार ६२८ पुरुष र १७ हजार ८९६ महिला रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्।
ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन्। मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो।