• २६ चैत २०८२, बिहिबार

तृप्तिको स्वरमा ‘वनको काफल’

blog

काठमाडौँ, चैत २६ गते । गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘वनको काफल’ बोलको गीत सार्वजनिक भएको छ । डा. हरि उप्रेतीले लेख्नुभएको प्रेमिल लोकशैलीको गीतमा भावनात्मक गहिराइ, ग्रामीण परिवेशको सुगन्ध र प्रेमको आत्मीय अनुभूति झल्कन्छ । गायिका खड्कालाई स्वरमा गणेश प्रधानले साथ दिनुभएको छ । गायिका खड्काकै सङ्गीतमा तयार भएको गीत गणेश प्रधानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले साँचो प्रेम भनेको केवल अनुभूति होइन, त्यो जीवन जिउने आधार, सहयात्रा र आत्मिक एकताको रूप हो भन्ने सन्देश दिने गायिका खड्काले बताउनुभयो । 

सारेगम स्टुडियो र आर एन्ड बी स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ, मास्टरिङ नरेश पाण्डेले गर्नुभएको छ भने भिडियोमा विजय गुरुङ र निरुता विष्टको अभिनय रहेको छ । खगेन्द्र गिरीको कोरियोग्राफी रहेको भिडियोमा शृङ्गार कविन खड्काले गर्नुभएको छ । प्रकाश खड्का र समूहको छायाङ्कन एवं मिलन विश्वकर्मा कलर र सम्पादन रहेको गीतको निर्देशन कलाकार गुरुङले गर्नुभएको हो ।