• २१ फागुन २०८२, बिहिबार

इलाममा १०७ वर्षीया वृद्धाद्वारा मतदान

blog

मतदान गर्न आइपुग्नु भएकी १०७ वर्षीया विष्णुुमाया बानियाँ ।तस्बिर: कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २१ गते । इलामको चुलाचुुली गाउँपालिका -६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ । 

आफन्तका साथ मतदान स्थल आउनु भएकी बानियाँले दिउँसो मतदान गर्नुभएको हो ।यता इलाम नगरपालिका–६ स्थित सत्यनारायण आविमा ९८ वर्षीय घनेन्द्र भट्टराईले बिहान सात बजे मतदान गर्नुभएको हो ।

 भट्टराईद्वारानै यहाँको मतदान शुुरुवात गरिएको थियो । उता माइजोगमाई गाउँपालिका–४ को नेपाल ज्योति माविमा रहेको मतदान स्थलमा ९२ वर्षीया महेश्वर ढुङ्गानाले मतदान गर्नुभयो ।

यस्तै सन्दकपुर गाउँपालिका–१ आलुुबारी स्थित चन्द्रोदय आविमा ८७ वर्षीया मित्रकुुमारी राईले मतदान गर्नुभएको मतदान अधिकृत दिलकुमार राईले जानकारी दिनुभयो ।