• २१ फागुन २०८२, बिहिबार

शोकबिच पनि मताधिकारको प्रयोग

blog

शोकबिच पनि मतदानमा सहभागी मतदाता ।

खेमराज सापकोटा, 

विराटनगर, फागुन २१ गते । मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा शोकबिच पनि मतदाताको उल्लेख्य सहभागिता देखिएको छ । 

परिवारमा परेको दुःखद घटनाका बाबजुद एक स्थानीय युवक मतदानमा सहभागी हुनुभएको छ ।सुन्दरहरैँचाका स्थानीय कुशहरि निरौलाको फागुन १५ गते २९ वर्षको अल्पायुमै असामयिक निधन भएपछि परिवार शोकमा रहेको छ ।

सोही शोकका बिच परिवारका सदस्य मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् ।

मतदान केन्द्रमा पुगेका मतदाताले व्यक्तिगत पीडा र शोकका बिच पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।

स्थानीयवासीका अनुसार यस घटनाले नागरिक चेतना र लोकतान्त्रिक अभ्यासप्रति जिम्मेवारी बोध झल्काएको छ ।कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालका अनुसार कोशी प्रदेशमा शान्तिपूर्ण तवरमा मतदान भइरहेको छ ।