• २१ फागुन २०८२, बिहिबार

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, मतगणना आजै

blog

उदयपुरक्षेत्र नं १ को मत गणना स्थल त्रियुगा माध्यमिक विध्यालयमा मत पेटिका सङ्कलन गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट,फागुन २१ गते । उदयपुरका दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उदयपुरका मुख्यनिर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार जिल्लाको दुवै क्षेत्रमा गरी ५२ प्रतिशत मत खसेको छ ।

क्षेत्रगत रुपमा खसेको मत प्रतिशत १ मा ५६ र २ मा ४६ रहेको छ । निर्वाचन क्षेत्र नं १ मा एकलाख ४२ हजार ८०४ मतदाता रहेकोमा ७९ हजार ९५६ मत र क्षेत्र नं २ मा ९६ हजार १२२ मतदाता रहेकोमा ४४ हजार ६३४ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत उपाध्ययले बताउनुभयो ।

यसैबीच जिल्लाका विभिन्न मतदान केन्द्रहरुबाट मत पेटिका धमाधम सङ्कलन गर्ने कार्य भईरहेको र सवै मतपेटिका आएपछि आजै रातिबाट त्रियुगा माध्यमिक विध्यालयमा क्षेत्र नं १ को मत गणना शुरु गरिने उहाँले बताउनुभयो । उता क्षेत्र नं २ को भने भोली विहानबाट मात्रै कटारीमा मतगणना सुरु गरिने उहाँले बताउनुभयो ।