• २१ फागुन २०८२, बिहिबार

ताप्लेजुङमा २८ प्रतिशत मत खस्यो

blog

मतदान गर्नुहुँदै मतदाता । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, फागुन २१ गते । ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार २५ हजार २२० मत खसेको छ । जसमा १३ हजार ८ सय ७२ पुरुष र ११ हजार ३ सय ४८ महिला रहेका छन् । जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन् ।

ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सेढाइँले अहिले मतदान केन्द्रहरूको अनुगमन गरिरहनुभएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित हिमाली क्षेत्रमा पर्ने फले, याङमा, घुन्सा र ओलाङचुङगोलामा पनि मतदान भइरहेको उहाँले जानकारी दिनुभयो । मौसमले साथ दिए आजै हेलिकोप्टरको सहायतामार्फत मतपेटिका फुङलिङ ल्याउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।