• २१ फागुन २०८२, बिहिबार

इलाममा खस्यो ५७ प्रतिशत मत

blog

इलामको मरब क्याम्पसमा मतदान सम्पन्नपछि मतपेटिका पोको पारिंदै । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २१ गते । यस पटकको निर्वाचन इलाममा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।  यस निर्वाचनमा जिल्लामा ५७ प्रतिशत मत खसेको छ । 

इलाम –१ मा ५७ प्रतिशत र इलाम –२ मा ५६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुुभयो । इलाम –१ मा महिला २९ हजार सातसय २८ र पुुरुष ३४ हजार ३७६ गरि जम्मा ६४ हजार १०४ मत खसेको छ । 

इलाम –२ मा ३३ हजार ४९ र पुुरुष ३३ हजार ८८५ गरी जम्मा ६६ हजार ९३४ मत गरी जम्मा एक लाख ३१ हजार ३८ मत खसेको छ । इलाममा जम्मा दुुई लाख ३१ हजार ८०९ मतदाता संख्या रहेको छ । 

मतदान स्थलमा पनि विहानको समयमा मतदाताको संख्या पातलो देखिए पनि दिउसो उपस्थिति राम्रो देखिएको थियो । आज जिल्लाभर शान्तिपूूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुुभयो । प्रजिअ ढकालले आज राति अबेरसम्ममा दुवै निर्वाचन क्षेत्रका मतपेटिका गणनास्थलमा पुगि सक्ने बताउनुुभयो । 

इलाम–१ को सूर्योदय नगरपालिकाको माथिल्लो भवन र इलाम–२ को सदरमुकाम स्थित गौतमबुद्ध सभागृहमा मत गणनाको तयारी गरिएको छ । रातिसम्ममा सबै मतपेटिका आइपुुगे पनि भोलि विहान सर्वदलीय बैठक राखेर करिब १० बजेदेखि मतगणना सुुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुुरेलले बताउनुुभयो । 

‘सबैतिरको मतपेटिका आइपुुग्दा आज राति हुुन्छ । भोलि विहान ८ बजेदेखि ९ बजेभित्र सर्वदलीय बैठक राख्ने र त्यसपछि गणना गर्ने तयारी गरेका छौं ।’ गजुरेलले भन्नुुभयो ‘सुुरुमा दुुई स्थानबाट गणना सुुरु गर्छौं । त्यसको परिणाम हेरेपछि अरु थप्न अथवा त्यही दुुई स्थानमै गणना गर्ने भन्ने थाह हुुन्छ । जति सक्दो चाँडो गणना गर्ने कोशिस गर्ने छौं ।’ 

आज सम्पन्न निर्वाचनमा इलाममा एकसय सात वर्षीया वृद्धासम्मले मतदान गर्नुभएको छ । यस्तै विभिन्न मतदान स्थलमा किरियापुत्रीले समेत मतदान गरेका छन् ।