शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पोखरेल
दमक, फागुन २१ गते । झापामा ४१ प्रतिशत मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो ।
हालसम्म दुई लाख ९२ हजार ८५८ जनाले मतदान गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
झापामा उत्साहजनक रूपमा मतदाता मतदान केन्द्रमा आएका छन् । झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।