अन्तुका सुन्दर होमस्टे र होटल
इलाम जिल्ला सूर्योदय नगरपालिका–५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु ।
ताप्लेजुङमा खोलाले बगाउँदा एकको मृत्यु
ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी विष्णु माया लिङ्देनको मृत्यु भएको हो।
सुन्तला पकेट विकास कार्यक्रम सुरु
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सुन्तला पकेट विकास कार्यक्रम सुरु गरिएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम सुरु गरिएको हो।
कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयको सेवा ठप्प
कर्मचारी नहुँदा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा ठप्प भएको छ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा इलाका प्रसाशन कार्यालयले दिँदै आएको नागरिकता वितरणलगायतका सेवा ठप्प भएको हो ।
मेची राजमार्ग १२ घण्टापछि सुचारु
बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो ।
मुन्दुम पदमार्गको चित्रकला
मुन्दुम पदमार्गका प्रवर्धन, विकास तथा प्रचारप्रसार गर्ने लक्ष्यले भोजपुरको चखेवामा आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मा आफुले बनाएको चित्रसहित सामुहिक तस्बिर खिचाउँदै चित्रकारहरु ।
सगरमाथा आरोहण गर्ने प्रहरीका असई शेर्पालाई सईमा पदोन्नति
काठमाडौँ, जेठ ८ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवैै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गर्नुभएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिनुभयो । यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको राससलाई बताउनुभयो । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गर्नुभएको हो।
मध्यवर्ती क्षेत्रमा मानव अधिकारबारे अध्ययन
कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरिएको छ । सङ्घीय
बेलिब्रिज छिट्टै जडान हुने
दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु-याइएको छ ।
तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’
शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ ।
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् ।
एकीकृत समाजवादीको जिल्ला अधिवेशन
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ताप्लेजुङको ११ औं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। एकीकृत समाजवादीको यही जेठ ९ र १० गते हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो।
नियमित विद्यालय उपस्थिति हुने विद्यार्थी सम्मानित
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ ।
कोशी प्रदेशसभा बैठक : प्रदेश सरकारका कामप्रति ध्यानाकर्षण
कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट विशेष समय लिएर बोल्नुभएका कार्कीले दमा क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्न, जनतामा आशा जगाउन, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न तथा नागरिकहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने जस्ता कार्यमा प्रदेश सरकारले उल्लेखनीय काम गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
इलाममा चलचित्र दिवस तथा पत्रकार सङ्घको राष्ट्रिय भेला
चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ।
अटोले ठक्कर दिँदा बालक घाइते
धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । बुधबार पाख्रीबास नगरपालिका–९, उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डअन्तर्गत धर्मशालामा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
आठराई त्रिवेणीका पूर्वाधारमा प्रगति
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले आफ्नो कार्यकालको तीन वर्षे अवधिमा पूर्वाधार विकासको काममा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभएको छ।
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्धनमा जोड
यहाँको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधिले मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
जेठाजुले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते
धनकुटामा धारिलो हतियार प्रयोग हँदा जना महिलालाई गम्भीर घाइते भएकी छन् । मङ्गलबार घराएसी विवादका कारण जेठाजुले प्रहार गरेको धारिलो हतिया खुकुरीकोबाट महिला घाइते भएकी हुन् ।
‘जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ ’
झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गर्नुहुँदै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताउनुभयो ।
‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ ।
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ ।
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो ।