शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
निशा राई
धरान, फागुन २१ गते । सुनसरीको निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।
बिहान ७ बजे देखी ११ बजे सम्म २० प्रतिशत मत खसेको सुनसरी १ का निर्वाचन सहायक अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सुनसरी–१ भर उत्साहपूर्वक मतदान भइरहेको छ जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीकाले बताउनुभयो ।
सुनसरी–१ का सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको उहाँले बताउनुभयो । सुनसरी–१ मा कुल एक लाख ५० हजार ३९३ जना मतदाता रहेका छन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँ ४१ वटा मतदान स्थल र १६१ वटा मतदान केन्द्र तोकिएका छन्। सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, वराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा पर्दछन्।