शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पो्खरेल
दमक, फागुन २१ गते । राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ ।
झापाको हल्दिवारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट उहाँले बिहीबार बिहान ७ः३० बजे मतदान गर्नुभएको हो । उहाँले यो निर्वाचनले देशलाई नयाँ दिशा निर्देश गर्ने अपेक्षा रहेको बताउनुभयो ।
झापाका विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ ।