शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोकुल भुजेल
भोजपुर, फागुन २१ गते । भोजपुरमा बिहान ११ बजेसम्म १३ हजार एक सय ९९ मत खसेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । बिहान ७ बजेबाट सुरु भएको मतदानमा बिहान ११ बजेसम्म १० दशमलव ४९ प्रतिशत मत खसेको हो ।
जिल्लाबाट ५९ हजार दुई सय ५३ जना महिला र ६४ हजार एक सय २५ जना गरी कुल एक लाख २३ हजार ३ सय ७९ जनाले एक सय ६१ मतदान केन्द्रमा मतदान जारी छ ।
जिल्लामा एउटा प्रतिनिधिसभाका लागि १२ दलले सहभागिता जनाएका छन् भने मतदान गर्न मतदातामा उत्साह देखिन्छ ।