शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, फागुन २१ गते । अस्थायी मतदाता नामावलीमा नाम नभेटिएपछि पाँचथरका मुख्य निर्वाचन अधिकृतले नै मतदान गर्न पाउनुभएन।
समानुपातिकतर्फ भोट हाल्न पाँचथर कारागारस्थित अस्थायी मतदान केन्द्र पुग्नुभएका उहाँको नाम नामावलीमा समावेश नभएपछि उहाँले मतदान नगरी बाहिरिनुभएको हो।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी नायब उपरीक्षकसहितका कर्मचारीले भने यही केन्द्रबाट समानुपातिक तर्फ मतदान गर्नुभएको छ।
यसैबिच, पाँचथरका १८० वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। केही केन्द्रमा निर्धारित समयभन्दा १० मिनेट ढिला भई मतदान सुरु भएको थियो। राजनैतिक दलका प्रतिनिधि समयमा नआइपुग्दा मतदान ढिला सुरु भएको निर्वाचन अधिकृतहरूले बताएका छन्।
फिदिम–२ को आदर्श आधारभूत विद्यालय मतदान केन्द्रमा ९२ वर्षीय सहरनाथ ईवाले पहिलो मत हाल्नुभयो।