• २१ फागुन २०८२, बिहिबार

ताप्लेजुङमा १५ प्रतिशत मत खस्यो

blog

मतदान गर्नुहुँदै मतदाता । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, फागुन २१ गते ।
ताप्लेजुङमा १५ प्रतिशत मत खसेको छ । बिहीबार बिहान ११ः१० बजेसम्ममा १५ प्रतिशत मत खसेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार १३ हजार ८७७ मत खसेको छ । जसमा ७८८४ पुरुष र ५९९३ महिला रहेका छन् । कुल ९० हजार ३२७ मतदाता रहेका छन् ।

ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत एक सय २७ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।

मुख जिल्ला अधिकारी शिवराज सेढाइँले अहिले मतदान केन्द्रहरूको अनुगम गरिरहनुभएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकास्थित हिमाली क्षेत्रमा पर्ने फले, याङमा, घुन्सा र ओलाङ्चुङगोलामा पनि मतदान भइरहको उहाँले जानकारी दिनुभयो ।

मौसमले साथ दिए आज नै हेलिकोप्टरको सहायतामार्फत मतपेटीका फुङलिङ ल्याउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।