• २१ फागुन २०८२, बिहिबार

कांग्रेस नेता डा. कोइरालाद्वारा मतदान

blog

मोरङ, फागुन  २१  गते ।  नेपाली कांग्रेसका डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मोरङ क्षेत्र नं. ६ का उम्मेदवारसमेत रहनुभएका डा. शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो । रासस