मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् ।
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
अर्नामा वंशाणुगत क्षयीकरण
अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाको वंशाणुगत क्षयीकरण हुँदै गएको छ । खुला चरिचरनका कारण आरक्षमा छाडा छोडिएका भैँसी, राँगासँग अर्नाको संसर्ग बढेका कारण दुर्लभ जीवका रूपमा रहेको अर्नाको ‘ब्याक व्रmस्ड’ बढ्दै जाँदा वंशाणुगत क्षयीकरण हुँदै गएको हो ।
चौँरी तथा याक प्रदर्शन गर्दै सिरिजङ्घा
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ यम्फुदिन स्थित नयाँ झोरेनीमा चौँरी तथा याक प्रदर्शन हुने भएको छ । तीन हजार ३०७ मिटर उचाइमा रहेको नयाँ झोरेनीमा आगामी वैशाख १४ र १५ गते चौँरी तथा याक प्रदर्शन हुने भएको हो ।
सगरमाथामा बाटो खोल्ने जिम्मा एटके कम्पनीलाई
काठमाडौँ, चैत ७ गते । आउने वैशाख जेठ महिनामा सगरमाथा, ल्होत्से र आमादव्लम हिमाल आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने जिम्मा एटके एक्पीडिसन कम्पनीले पाएको छ । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले कम बाेलकवाेलमा बाटाे बनाउने जिम्मा दिएकाे हाे ।पर्वतारोहण सञ्चालक सङ्घ नेपाल नामक गैरसरकारी संस्थाले प्रत्येक विदेशी आरोहीबाट दुई सय अमेरिकी डलरको दरले रकम उठाउने गर्छ । यो रकम मध्येबाट केही रकम मात्र बाटो बनाउन प्रयोग गर्ने गरिएको पाइन्छ । यी हिमालको दोस्रो क्याम्पबाट चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) यस वर्ष याे कम्पनी ठेक्कामा जिम्मा दिएको हो । कम्पनीले आठ सदस्यीय आरोही टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउने जिम्मा एटके कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो । शेर्पाले सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको जानकारी दिनुभयो । पर्यटन विभागसँगको सम्झौताअनुरूप पर्वतारोहण सञ्चालक सङ्घले हरेक वर्ष ‘रोप फिक्सिङ’को काम ‘टेन्डर’मार्फत कम्पनी छनौट गरेर दक्ष शेर्पालाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ । यस्तो टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने तथा डोरी टाँग्नेछ । सन् २०२५ का लागि एट्के एक्सिपीडिसन कम्पनीले जिम्मेवारी पाएको छ । तर विभागले निजी संस्थालाई प्रत्येक आरोहीबाट दुई सय डलर सङ्कलन गर्न अनुमति दिनु र सङ्कलित रकमको हिसाबकिताब नगर्नु लज्जास्पद भएको आरोहीहरूको आरोप छ । करोड बढी रकम सङ्कलन गरेर लाखमा खर्च गरे पनि विभागले भने नियमनको साटो उल्टै सहयोग गरेको आरोप छ । आरोही तेन्जी शेर्पाले भने विभागका केही कर्मचारीको मिलेमतोमा खुलेआम आरोहीहरूलाई रकम सङ्कलन गर्न सहयोग गर्दे आएको आरोप छ । उहाँ, तत्काल यसको अडिट र पारदर्शिता हुनु पर्ने माग गर्नुभयो । यता सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नामक निजी संस्थाले बाटो बनाउने गरेको छ । सगरमाथा क्षेत्रमा सफाइ गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा दर्ता भएको यस संस्थाले पछिल्लो समय राजनीतिक पहुँचको भरमा प्रत्येक आरोहीबाट ६ सय अमेरिकी डलर असुल्दै आएको छ । यसरी सगरमाथा क्षेत्रका हिमालहरूमा आरोहणका क्रममा निजी संस्थाहरूले गैर कानुनी रूपमा ब्रम्हालुट गरे पनि सरकारले आँखा चिम्लिने गरेको आरोप छ । यस अघि महालेखाले एसपीसिसीको असुली माथि प्रश्न उठाए पनि पर्यटन मन्त्रालयले कुनै चासो नदेखाएपछि झन् असुली धन्दा मौलाउँदै गएको छ । सरोकारवालाहरूले असुली गरे पनि यसको मापदण्ड र लेखा परीक्षण राज्यले गर्नु पर्ने माग गर्दे आएका छन् । आरोहणका लागि एकमुष्ट सुल्क लिए पनि थप विभिन्न शिर्षकमा शुल्क लिइदा महँगो हुने गरेको गुनासो विदेशी आरोहीहरूको छ । आरोहण सफल बनाउन प्रत्येक आयोजक कम्पनीहरूकै दायित्व हुने भएकाले यसरी निजी संस्था खडा गरेर रकम असुली गर्ने अनि थोरै रकम मार्फत बाटो बनाउने ठेक्का दिएर अन्य रकम अपचलन हुनुले राज्य माथि प्रश्न उठ्ने गरेको पाइन्छ । यसको नियमन गरेर आरोहणलाई थप व्यावसायिक र आरोहीको गुनासोलाई समेत समेट्नु पर्ने देखिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिम पहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भर्याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्छन् ।पर्यटन विभागका अनुसार गत वर्ष सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि आरोहणका लागि उपयुक्त मौसम हुने र उल्लेख्य सङ्ख्यामा आरोही आउने पर्यटन व्यवसायीको अनुमान छ ।पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम विभागको सम्पर्कमा आइरहेका छन् । सम्पर्क अधिकृत खटाउने, सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय व्यवस्थापन आदि विषयमा विभाग लागिपरेको छ । सगरमाथा आरोहणको सिजन सुरु हुनै लाग्दा व्यवसायी निकै उत्साहित देखिएका छन् । सगरमाथा आरोहणमा सर्वाधिक आरोही पठाउने एक्सपीडिसन कम्पनीहरू यो सिजनमा आरोही बढ्ने अनुमानका साथ आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन तयारीमा जुटेका विभागले जनाएको छ ।
विद्युत् कटौतीको सम्भावनाले चिन्ता
भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ ।
स्ववियुमा निर्वाचित पदाधिकारीलाई बधाई
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिमा निर्वाचितलाई पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
शिक्षाका लागि नयाँ नीति तर्जुमा गर्छौं : मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको लागि आगामी वर्ष कोशी सरकारले नयाँ नीति तर्जुमा गर्ने बताउनुभएको छ । बुधबार धरान –१२ स्थित पब्लिक हाइस्कुलको ७८ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
भान्साबाट सल्केको आगोले घर जलायो
खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । छ नम्बर बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आवश्यक्ताका आधारमा योजना निर्माण गरिने
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले विकास निर्माणका कुनैपनि योजनाहरु पहुँचका आधारमा नभएर आवश्यक्ताका आधारमा निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
आगोबाट बच्नलाई भाग्दा एक युवकको लडेर मृत्यु
ताप्लेजुङमा लडेर एक जनाको मृत्यु भएको छ। आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर मृत्यु भएको हो।
सिदिङ्वालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बुधबार कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
सिरिजङ्घा पर्यटन महोत्सव हुने
ताप्लेजुङमा आगामी वैशाखमा सिरिजङ्घा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
एम्बुलेन्स दुर्घटना, पाँच जना घाइते
झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।
मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा
खोटाङ, चैत ६ गते । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम ९बाँध०बाट यही चैत ४ गते सोमबार दिउँसो खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका खिए । राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको जलविद्युत् आयोजनाले जग्गाधनीलाई मुआब्जा नदिएपछि स्थानीयवासीले आयोजना नै बन्द गराएको हो । सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्ट ९आयोजना० ले फरक–फरक तीन वटा ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं।–६ दिप्सुङ र वडा नं।–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत् आयोजना सञ्चालन गर्ने तीन वटा जलविद्युत् कम्पनीबाट मुआव्जा नपाएको गुनासो गर्दै आएका छन् । जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले नपाएपछि चरणवद्ध आन्दोलन सुरु गरिएको सङ्घर्ष समितिका संयोजक माइतीराज राईले बताउनुभएको छ ।“रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजनाको कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएका छैनन्”, उहाँले भन्नुभयो, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई जानकारी गराएका थियौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको थिएन । सर्वपक्षीय भेलामा ३५ दिनभित्र मुआब्जा उपलब्ध गराउने सहमति भएपछि पुनःसञ्चालनका लागि सहमत भएका हौँ ।” निर्माणाधीन अवस्थामा रहेको हलेसी ऊर्जा कम्पनी लिमिटेड जलविद्युत् आयोजनाको ट्रान्समिसनलाइनले बाक्सिलाका ३८ जनासहित ४९ जनाको जग्गा प्रयोग गरेको छ । यस्तै, पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४ जना, बाक्सिलाका दुई जना र दिप्सुङका एक जनाको गरी ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युतको काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर, हालसम्म मुआब्जा नदिएको जग्गा धनीको गुनासो छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्ने गरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यान्वयन नभएको सङ्घर्ष समितिका संयोजक राईले बताउनुभएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा १० प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिले जनाएको छ । २।५ मेगावाट विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेश विपरीत कृष्णमायाँ खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको पाइएको छ । निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावर हाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । सङ्घर्ष समितिले गत फागुन २७ गते जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति दिनका लागि रावा इनर्जी डेभलपमेन्ट प्रालि र हलेसी ऊर्जा कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाका सात वटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जग्गाधनीसहित बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार सङ्घर्ष समितिले हाइड्रोपावर कम्पनीसँग जग्गाधनीका तर्फबाट माग राखेको हो ।
स्थानीयले बन्द गरे जलविद्युत् आयोजना
मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत् आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् । केपीलासगढी गाउँपालिकाका स्थानीयले माथिल्लो रावा खोला साना जलविद्युत् आयोजना बन्द गरेका हुन् ।
थर्पुमा अनेरास्ववियु, रविमा क्रान्तिकारी र यासोकमा नेविसंघ विजयी
पाँचथरको थर्पु क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
रमाइलोमा बहुमुखीमा क्रान्तिकारी र खदममा अनेरास्ववियू विजयी
मोरङको कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) र केरावारीको खदम क्याम्पसमा अनेरास्ववियूका उम्मेद्वार विजयी भएका छन् ।
गरामनी क्याम्पसमा प्रजातान्त्रिक विद्यार्थी संगठन विजयी
गरामनी क्याम्पस विर्तामोडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल विजयी भएको छ ।
कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा दोस्रो पाथीभरा याङ्वरक कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको हो।
धनकुटामा चार क्याम्पसको नतिजा : तीनमा अनेरास्ववियु र एक नेविसंघ विजयी
धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन्। मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियु र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो।
उदयपुरको बेल्टारमा तीन घर जले
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा आगलागी हुँदा तीनवटा घर जलेका छन्।
स्ववियु निर्वाचन शान्तिपूर्ण : चारवटा क्याम्पसमा पाँच सय ९१ मत खस्यो
सदरमुकामको पाँचथर बहुमुखीसहित यासोक, रवि र थर्पु क्याम्पसमा बिहान ८ बजे मतदान सुरु भएर शान्तिपूर्ण रुपमा निर्धारित समयमै सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।