• २० फागुन २०८२, बुधबार

पाँचथरका २० वटा केन्द्रमा मतदान अधिकृत महिला

blog

फिदिम नगरपालिका २ को आदर्श आधारभुत विद्यालय मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न खटाइएका महिला कर्मचारी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन २० गते । पाँचथरका तीन वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलालाई दिइएको छ ।

फिदिम नगरपालिका २ को आदर्श आधारभुत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला खटाइएको हो । यो मतदान केन्द्रमा २२ सय १९ जना मतदाता छन । जहाँ तीन वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन वटा केन्द्रमा क्रमशः सरस्वती नेम्वाङ, ललिताकुमारी गुरुङ र सिता बराललाई मतदान अधिकृतको जिम्वेवारी दिइएको छ । यसैगरी यी तीनवटै केन्द्रमा ३ जना सहायक मतदान अधिकृत र १८ जना मतदान कर्मचारी सबै महिला छन । स्वयम सेवक कर्मचारी पनि महिला नै खटाइएको बताइएको छ ।

यसैगरी जिल्लाभरका विभिन्न मतदान केन्द्रमा २० जना महिलाले मतदान अधिकृतको जिम्वेवारी पाएका छन । शिक्षण पेशा र निजामति प्रशासनमा आवद्व उहाँहरूसँगै ३० भन्दा धेरै सहायक मतदान अधिकृत र १ सय बढि मतदान कर्मचारी पनि महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचथरमा मतदान प्रयोजनका लागि १ हजार ८० कर्मचारी र ५४० स्वयम सेवक सँगै २ हजार ८ सय ४ हजार ४ सय ९० जनशक्ति परिचालन भएको तथ्याङ्क छ ।