साहारा लिम्बू
फुङलिङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको लागि मतगणना स्थल तयार भएको छ । जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेरबारसहित मतगणनास्थल तयार भएको हो ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार जिल्ला अदालतमा दुईवटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेरबारसहित मतगणना स्थल तयार भएको छ। मतगणना स्थलमा दुईवटा सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, मतपेटिका भण्डारका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा कक्ष तयार गरिएको छ । मतपेटिका भण्डारण भएका कक्षको सिसी क्यामेराबाट निगरानी गरिने र चौबीसै घण्टा दक्ष प्राविधिक र सुरक्षाकर्मीले निगरानी गर्ने श्रेष्ठले बताउनुभयो। यस्तै, निर्वाचन क्षेत्रमा विद्युत आपूर्ति बन्द नहुनेगरी व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।