शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फिदिम, फागुन २० गते । निर्वाचन बिथोल्न सक्ने कुनै पनि किसिमका गतिविधिलाई लक्षित गर्दै पाँचथरमा सुरक्षा जाँचमा कडाइ गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकमा सुरक्षा जाँचलाई तीव्र बनाएका हुन् ।
निर्वाचनमा प्रतिबन्धित सामग्रीको ओसारपसारसँगै सम्भावित घुसपैठ रोक्न ठाउँ ठाउँमा सुरक्षा जाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (प्रहरी नायब उपरीक्षक) अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
निर्वाचन प्रयोजनका लागि जिल्लाभर १ हजार २ सय २७ म्यादी प्रहरी, ४ सय ९३ नेपाल प्रहरी र ८ सय १३ नेपाली सेना खटिएका छन् । यस्तै ठाउँ ठाउँमा अस्थायी सुरक्षा पोस्ट र संयुक्त गस्ती भइरहेको पनि प्रमुख उपरीक्षक कर्णले बताउनुभयो ।