साहारा लिम्बू
फुङलिङ, फागुन २१ गते । ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत खसेको हो ।
ताप्लेजुङको सदरमुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा गरी दुई अस्थायी मतदान केन्द्र तोकिएको थियो । जिल्लमा एक हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । जसमा एक हजार दुई सय १९ पुरुष र चार सय ६४ महिला मतदाता रहेका छन् ।
अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने छन् । यता प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचन शान्त वातावरणमा भइरहेको बताउनुभएको छ ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका स्थित हिमाली क्षेत्रमा पर्ने फले, याङमा, घुन्सा र ओलाङ्चुङगोलामा पनि मतदान भइरहको उहाँले जानकारी दिनुभयो । मौसमले साथ दिए आज नै हेलिकोप्टरको सहायता मार्फत मतपेटीका फुङलिङ ल्याउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।