• २१ फागुन २०८२, बिहिबार

भोजपुरमा २७ प्रतिशत मत खस्यो, मतगणना भोली हुने

blog

गोकुल भुजेल

भोजपुर, फागुन २१ गते । भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ । जिल्लामा कुल १ लाख २३ हजार ३ सय ७९ मत मध्ये १५ हजार ७० जना महिला र १८ हजार १ सय ७४ जना पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मत गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

जुन कूल मतको करिब २७ प्रतिशत हो । जिल्लामा हाल १ सय ६१ मतदान केन्द्रमा मतदान जारी छ । भने मतदान केन्द्रमा मतदान गर्न मतदातामा उत्साह देखिन्छ ।