इलाम-२ मा श्रम संस्कृतिका राईको अग्रता
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता लिनुभएको छ । चुलाचुली गाउँपालिकाको गणना सम्पन्न हुँदा राईले अग्रता लिनुभएको हो ।
झापामा बालेनभन्दा ओली १० हजार बढी मतले पछि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्।
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् ।
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता कायमै
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको हालसम्मको मत गणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता कायम राख्नुभएको छ । काँग्रेसका तुम्याहाङले एक हजार ९३३ मतका साथ अग्रता कायम गर्नुभएको हो ।
पाँचथरमा श्रम संस्कृति पार्टीका शेर्माको अग्रता कायमै
पाँचथरमा दोस्रो पटक सार्वजनिक भएको मतगणनाको परिणाममा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्मा (ब्रविम) ले अग्रता कायम राख्नुभएको छ ।
सुनसरी-१ मा रास्वपाको अग्रता कायम
सुनसरी–१ मा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (शरिन) ले अग्रता कायम राख्नुभएको छ।
सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो
सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।
इलाम-१ मा नेपाली कांग्रेसको सुरुवाती अग्रता
इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
झापामा शीर्ष नेताको विरासत भत्कने संकेत, ५ वटै क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन हाल झापाका ५ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । राजनीतिक दलका प्रतिनिधिहरु फेरिरहने र आउनजान ढिला गर्ने गरेकाले गणना प्रभावित हुने गरेको बताईएको छ ।
धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता
धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीले अग्रता बनाएको छ ।
झापा–५ : नौ हजार मतगणना हुँदा ५ हजार बढी मतले बालेन अगाडि
नौ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार पाँच सय ५१ मत पाउनुभएको छ । बालेनलाई पछ्याउनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सय २८ मत पाउनुभएको छ । बालेन र ओलीबिचको मतान्तर पाँच हजार १२३ रहेको छ ।
इलाम–२ को प्रारम्भिक नतिजामा सुहाङको अग्रता
दिउँसो साढे १२ बजेबाट सुरु भएको इलाम–२ को प्रारम्भिक मत परिणाम आएको छ ।
ताप्लेजुङमा नेकपाका परागको सुरुवाती अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिनु भएको छ ।
झापा–४ मा रास्वपाको अग्रता
झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको छ ।
पाँचथरमा मतगणना सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १, खाँद्रुङ मतदान केन्द्रका मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो । यहाँ ९६७ मत खसेको बताइएको छ ।
इलाम-२ को गणना सुरु
इलाम-२ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका-६ बाट गणना सुरु गरिएको छ ।
विवाद हुँदा सर्वदलीय बैठक स्थगित
मतगणना कार्य सुरु गर्ने विषयमा इलाम-१ मा बसेको सर्वदलीय बैठक अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।
सुनसरीमा मध्याह्नदेखि मतगणना सुरु
सुनसरीमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय छलफल ढिला भएकाले मध्याह्नबाट चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो।
झापा– ४ मा रास्वपाको अग्रता
झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिनुभएको छ ।
इलाम–१ मा विवाद हुँदै सर्वदलीय बैठक स्थगित
मतगणना कार्य सुरु गर्ने विषयमा इलाम – १ मा बसेको सर्वदलीय बैठकले अहिलेसम्म कुनै निष्कर्षमा पुुग्न सकेको छैन ।
धनकुटामा सुरु भयो मतगणना
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा पनि मतगणना कार्य सुरु भएको छ । शुक्रबार बिहान ११ः४५ बजेदेखि जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु भएको हो ।
झापा–५ र २ मा रास्वपा अगाडि
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।
झापा–५ मा प्रारम्भिक नतिजा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नं. ५ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । देशभर चासोका साथ हेरिएको यस क्षेत्रको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो ।
गाईघाटमा मतगणना सुरू
उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाटमा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार मतपेटिका ढुवानी लगाएतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर बिहान ३ बजेबाट मत गणना सुरू गरिएको हो ।