भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।
तमोरमा अन्डरपास निर्माण गरिँदै
धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीमा सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले भारवहन सामान लैजान अन्डरपास निर्माणको काम गरिएको छ । आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो ।
फरार ४९४ कैदीबन्दी सम्पर्क बाहिर
जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ ।
चढाएका घण्टी त्रिशूल पत्थर बन्ने दुग्धनाथ मन्दिर
वरिपरि सबै तिर सुख्खा भिर । भिरकै बिचमा एक खोच, खोचमा सानो ओडार अनि ओडार भित्र गाइका थुन झैँ देखिने पत्थर र पत्थरबाट निरन्तर रसाइरहेको पानी ।
चार करोडको लागतमा क्याम्पसको प्रशासनिक भवन बन्ने
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा करिब चार करोड २० लाख रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण सुरु भएको छ ।
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ ।
विज्ञान शिक्षक मृत फेला
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन् । चिशंखुगढी गाउँपालिका–७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका –५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदैआएको अन्दाजी ५६ वर्षीय राजेश्वरप्रसाद साह मृत फेला पर्नुभएको हो ।
कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटक बढे
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । पछिल्लो केही वर्षयता कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढ्दै गएका हुन् ।
पहिरो झरेर पुरियो स्काभेटर
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो।
पानी सुकेपछि स्मसानघाट विस्थापित
सप्तकोशी नदीको धरहरा टपन क्षेत्रको पूर्वी तटबन्धन भएर बग्ने नदीको भङ्गालो पश्चिम दिशा लागेपछि वर्षौदेखि स्मसान घाटको रुपमा रहेको धरहरा टपनको घाट विस्थापित भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको हो ।
दुई हजार वर्ष पुरानो संरचना संरक्षण
ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ ।
जङ्गल गएका बालकको करेन्ट लागेर मृत्यु
दाउरा काट्न जङ्गल गएका बालकको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । पाख्रिबास नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो ।