शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोकिला ढकाल
इलाम, फागुन २२ गते । मतगणना कार्य सुरु गर्ने विषयमा इलाम-१ मा बसेको सर्वदलीय बैठक अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन । विभिन्न विषयमा दलबिच सहमति भए पनि निर्वाचन अधिकृत र निर्वाचन कर्मचारीबिच सहमति नहुँदा अहिले सर्वदलीय बैठक स्थगित भएको छ । बैठकमा कस्तो छाप भएकालाई सदर वा बदर मान्ने र प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतगणना सँगै गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको त्यहाँ रहनुभएका पत्रकार रोशन काफ्लेले जानकारी दिनुभयो ।
दुवै विषयमा दलहरू सहमत देखिएका भए पनि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कानुन अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत एकै पटक गणना गर्न नसकिने बताएपछि सर्वदलीय बैठक स्थगित भएको बताइएको छ ।
यता इलाम-२ को भने मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो ।