शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रेम अधिकारी
पशुपतिनगर(इलाम) फागुन २२ गते । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । एक हजार दुई सय २६ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले तीन सय ९९ मतसहित अग्रता लिनुभएको हो ।
नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले तीन सय १८, श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ एक सय ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले एक सय ४६ मत र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६ मत पाउनुभएको छ । उक्त मत गणना गर्दा ९१ मत बदर भएको छ ।