प्रस्ताव आए मिल्न तयार : सहसंयोजक नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताउनुभएको छ ।
स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन ‘माइलस्टोन’ : एमाले उपमहासचिव भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले यस्तो बताउनुभएको हो ।
उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प
उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
पाथीभरा क्षेत्रमा हिमपात
यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन
सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।
स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’
वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ९टिएमजे०क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ ।
ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
माछापोखरी हिटी क्लबलाई मानाभरा गोल्डकप उपाधि
शनिबार सम्पन्न भएको फाइनलमा लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिमलाई पराजित गर्दै माछापोखरी हिटी क्लब चाँगेले उपाधि जितेको छ । फाइनल खेलमा ३–० गोलले लालीगुराँसलाई पराजित गर्दै माछापोखरीले प्रथम आमन्त्रित मानाभरा गोल्डकपको उपाधि जितेको हो ।
इलाम २ बाट सुहाङ एकल सिफारिस
पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दैगएका एमाले नेता सुहाङ नेम्वाङलाई नेकपा (एमाले) इलाम क्षेत्र–२ ले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
भोजपुरको श्यामशिला बजार
भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला र भोजपुर–लेगुवा मध्यपहाडी सडक ।
सेनाले बनायो शङ्कास्पद वस्तु निष्क्रिय
झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
नेपालमा जलपक्षी गणना सुरु
नेपालमा बसाइसराई गरेर आउने हिउँदे आगन्तुक जलपक्षीको गणना सुरु भएको छ । राष्ट्रव्यापी रूपमा शनिबारबाट जलपक्षीको गणना सुरु भएको हो ।
कनकाई पुलमा शङ्कास्पद वस्तु फेला
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलको पूर्वीभागमा बम जस्तो देखिने बस्तु फेलापरेपछि अहिले उक्त क्षेत्रलाई सिल गरेको छ ।
आएनन् अपेक्षित पर्यटक
विगतका वर्षको तुलनामा यस वर्ष अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको भेडेटारमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षि
पर्यटन प्रवर्धनका लागि नीति निर्माणमा जुट्दै धनकुटा नगरपालिका
धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो ।
किरात संस्कृतिमा समर्पित इमानसिंह
पढ्दा ज्ञान पाइन्छ धर्म के हो, पाप के हो जानिन्छ, बुझिन्छ उज्यालो के हो, अँध्यारो के हो सभ्यता के हो, असभ्यता के हो
सहचालकसहित सात यात्रु सामान्य घाइते, छ जना उपचारपछि ‘डिस्चार्ज’
भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।
फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
प्रथम मानाभारा गोल्डकपः उपाधिका लागि माछापोखरी र लालीगुराँस भिड्दै
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबिच प्रतिस्पर्धा हुने भएको छ ।
बुद्ध एयरको बिमान दुर्घटनाः सबै यात्रुको सकुशल उद्धार
झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ ।
दुर्घटनामा घाइते एकको मृत्यु
झापाको अर्जुनधारा नगरपालिका –६ महानन्द चोकमा मोटरसाइकल दुर्घटनामा घाइते अर्जुनधारा –६ निवासी ३० बर्षिय बुद्ध तामाङको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो
भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।
केबुलकार निर्माणविरुद्ध आन्दोलन
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माण भइरहेको केबुलकार निर्माणको विरुद्धमा फेरि आन्दोलनको घोषणा गरिएको छ । शुक्रबार फुङलिङमा मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।
मालवाहक ट्रकले ठक्कर दिँदा एककाे मृत्यु
झापाको मेचीनगर ६ स्थित निर्माणाधीन एसियाली राजमार्गको पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ ।