निर्वाचनको तयारी तीव्र, दलका गतिविधि भने सुस्त
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले चुनावका लागि आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएको छ ।
स्थानीय युवाको सक्रियतामा राष्ट्रिय झण्डा
स्थानीय युवाहरूले धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजार आसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा स्थापना गरी निक्कै सुन्दर बनाएका छन् ।
विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ
विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
पुनर्निर्माणको माग गर्दै आन्दोलन जारी
बाढीपहिरोपछि जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलमा ठुलो क्षति भए पनि सरकारले पुनर्निर्माण नगरेको भन्दै इलामवासीले थालेको आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।
औद्योगिक नगरमा छैन प्रदर्शनी स्थल
औद्यौगिक नगरी विराटनगरमा २०५३ यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले बर्सेनि व्यापार मेला आयोजना गर्दै आएका छन् । फरक फरक रूपमा स्थापना भएका छाता संस्थाले व्यापार मेला, औद्योगिक प्रदर्शनी, ट्रेड एक्स्पो, कृषि प्रदर्शनी जस्ता मेला आयोजना गरे पनि यसका लागि निश्चित स्थानमा प्रदर्शनी स्थल भने छैन ।
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताउनुभएको छ।
वन संरक्षणमा टेवा पुर्याउन तालिम सञ्चालन
ताप्लेजुङमा सामुदायिक वन समूहमा आवद्ध रहेका स्थानीयलाई वन संरक्षणमा केन्द्रित क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। वन संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखेर वन समूहमा आवद्ध स्थानीय उपभोक्तालाई तालिम प्रदान गरिएको हो।
स्थानीय तहमा सञ्चार ऐन जारी गर्न माग
नेपाल पत्रकार महासङ्घले सञ्चार सम्बन्धि दुविधाको निराकरणसँगै कार्य सम्पादनमा सहजताका लागि सञ्चार ऐन बनाउन स्थानीय तहहरुसँग आग्रह गरेको छ ।
आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको नयाँ प्रशासनिक भवन तयार भएपछि आफ्नै भवनबाट सेवा दिन थालिएको छ।
कोशी प्राइड लिग क्रिकेट फागुनमा
घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
सुम्हात्लुङ मिनि म्याराथन पुरुष र महिला दुवै विधामा
चासोक तङनामको अवसरमा आठौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।
महिलालाई वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जना भन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रम सम्बन्धि जानकारी गराएको छ ।
खोटाङमा कुटपिटबाट एकको मृत्यु
खोटाङमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडा सिगानेका ५८ वर्षीय पदम रोक्काको कुटपिटबाट मृत्यु भएको हो।
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।
नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ ।
किसानका समस्या समाधानमा गम्भीर छौँ : मन्त्री परियार
नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ ।
गाउँमै उद्योग थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत
गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ ।
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो ।
ताप्लेजुङमा बन्दुकसहित युवक मृत फेला
ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत फेला परेका छन् । मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित मृत अवस्थामा फेला परेका हुन् ।
भोजपुरले जित्यो पुसे मेला भलिबल उपाधि
ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो।
निर्वाचन तयारीमा डा. शेखरको सक्रियता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहनु भएको छ ।
भाइलाई मारेर दाजु फरार
उदयपुरमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफ्नै भाइको हत्या गरेका छन् ।