प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असोज १९ गते । मेची करिडोरमा पर्ने तीन ठाउँका बेलीब्रिज गएरातिको बाढीले बगाएको छ । माईखोला बेलासे, केचना–कञ्चनजंघा र पुवाखोलाको भर्खरै मात्र निर्माण सम्पन्न भएको बेलिब्रिज गएरातिको बाढीले बगाएको हो ।
बेलिब्रिज बगाएपछि यी सडकमा पूर्णरुपमा यातायत बन्द भएको छ । मेची राजमार्गको इलाम र पाँचथर खण्डका ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत ठप्प भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
इलामका विभिन्न स्थानमा पहिरोले धनजनको क्षति गरेको छ । केही स्थानमा सश भेटिएको स्थानीयले जनाए पनि प्रहरीले हालसम्म पुष्टि गरेको छैन । सञ्चार सम्पर्क सबै ठाउँमा हुन नसक्दा क्षतिको एकीन विवरण प्राप्त हुन बाँकी छ । जिल्लाको विभिन्न स्थामा दर्जनौँ घर पहिरोले पुरिएको छ ।