• २२ फागुन २०८२, शुक्रबार

इलाम–१ मा विवाद हुँदै सर्वदलीय बैठक स्थगित

blog

इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय जहाँ मत गणनास्थल तोकिएको छ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, फागुन २२ गते ।
मतगणना कार्य सुरु गर्ने विषयमा इलाम – १ मा बसेको सर्वदलीय बैठकले अहिलेसम्म कुनै निष्कर्षमा पुुग्न सकेको छैन । विभिन्न विषयमा दलहरु बिच सहमति भए पनि निर्वाचन अधिकृत र निर्वाचन कर्मचारीबिच सहमति नहुँदा अहिले सर्वदलीय बैठक स्थगित भएको छ ।

बैठकमा कस्तो छाप भएकालाई सदर वा बदर मान्ने र प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणनासँगै गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको त्यहाँ रहनु भएका पत्रकार रोशन काफ्लेले जानकारी दिनुभयो ।

दुुबै विषयमा दलहरु सहमत देखिएको भए पनि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कानुन अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत एकैपटक गणना गर्न नसकिने बताएपछि सर्वदलीय बैठक स्थगित भएको बताइएको छ ।

यता इलाम– २ को भने मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो ।