शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोकिला ढकाल
इलाम, फागुन २२ गते । दिउँसो साढे १२ बजेबाट सुरु भएको इलाम–२ को प्रारम्भिक मत परिणाम आएको छ ।
पहिलो पटक खोलिएको इलामको चुलाचुली गाउँपालिका–६ का चार वटा मत पेटिकालाई गणना गर्दा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको सूर्यमा ४९१, नेपाली कांग्रेसका भेषराज आचार्यको रुखमा २१०, रास्वपाका गोकुल राईको १७१, श्रमसंस्कृति पाटीका सुदिप राईको अन्जुलीमा माटोमा ४४३ र नेपाली कम्युनिस्ट पार्टीका ओम गुरुङको तारामा ५१ मत प्राप्त भएको छ ।
यस्तै चुनाव चिह्न हलोमा–४, बाँसुरीमा ९४, हात मिलाएकोमा –१८, चकिया जाँतोमा–३, कुखुराको भालेमा –१, मुढामा–१ मत प्राप्त भएको छ ।
एक हजार पाँच सय ९८ मत गणना हुँदा ११० मत बदर भएको छ । अहिले चुलाचुली को मत गणना जारी छ । यसपछि चुलाचुली–४ को गणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।