• २३ फागुन २०८२, शनिबार

झापा–५ : नौ हजार मतगणना हुँदा ५ हजार बढी मतले बालेन अगाडि

blog

बालेन्द्र साह (बालेन) । फाइल तस्बिर

काठमाडौँ, फागुन २१ गते । झापा–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले अग्रता बढाउनुभएको छ । 

नौ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार पाँच सय ५१ मत पाउनुभएको छ । बालेनलाई पछ्याउनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सय २८ मत पाउनुभएको छ । बालेन र ओलीबिचको मतान्तर पाँच हजार १२३ रहेको छ । 

त्यसैगरी नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा मन्धरा चिमरियाले २१६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका रञ्जीत तामाङले १६५ मत पाउनुभएको छ ।