साहारा लिम्बू
फुङलिङ, फागुन २१ गते । ताप्लेजुङमा बिहीबार दिउँसो ३ः३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जसमा २२ हजार ८१४ पुरुष र १९ हजार ६४० महिला रहेका छन् । कुल ९० हजार ३२७ मतदाता रहेका छन् ।
ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।
मुख जिल्ला अधिकारी शिवराज सेढाइँले अहिले मतदान केन्द्रहरूको अनुगम गरिरहनुभएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका स्थित हिमाली क्षेत्रमा पर्ने फले, याङमा, घुन्सा र ओलाङ्चुङगोलामा पनि मतदान भइरहको उहाँले जानकारी दिनुभयो ।
मौसमले साथ दिए आज नै हेलिकाेप्टरको सहायता मार्फत मतपेटीका फुङलिङ ल्याउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।