कविराज घिमिरे
हिले, जेठ ५ गते । १२औँ संस्करणको रारा रनिङ गोल्डकपको उपाधि झापाको विर्तामोड युनाइटेड क्लबले जितेको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २–१ गोलले पराजित गर्दै झापाले उपाधी जितेको हो । उपाधीसँगै झापाको विर्तामोड युनाइटेडले सात लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ ।
उपविजेता वनेको एलएक्स सिटी एफसीले तीन लाख रुपियाँमा चित्त वुझाएको छ । झापाको जितमा दुवै गोल आशिष चापागाईंले गरेका गर्नुभएको थियो ।
उहाँले पहिलो हाफको ४१ औं र दोस्रो हाफको ३०औं मिनेटमा गोल गर्नुभयो । खेलको अतिरीक्त समयमा एलएक्स सिटीले एक गोल फर्काउन सफलभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलएक्स मोरङका देवेन्द्र तामाङ घोषित हुनुभयो । त्यस्तै उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल, प्रतियोगिताभर सर्वाधिक तीन गोल गर्दै झापाका मौसम सुब्बा सर्वाधिन गोलकर्ता घोषित हुनुभयो ।
त्यस्तै रारा क्लबका गोलकिपर महेश लिम्बू प्लेयर अफ दी इयर, उदयीमान खेलाडी प्रदिप मगर घोषित हुनुभयो । उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको रारा फुटवल क्लवका अध्यक्ष मणि चेम्जोङ जे जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता तथा उपविजेता सहित उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राई, चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बू, रारा फुटबल क्लवका अध्यक्ष मणि चेम्जोङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
रारा फुटबल क्लवको आयोजनामा गत वैशाख २९ गतेदेखि संचालन भएको प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज सहित आठ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको संरक्षक चौविसे गाउँपालिका र मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको थियो । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन हुदै आएको छ ।