निशा राई
धरान, जेठ ५ गते । विवाहित महिला लक्षित मिसेस स्टेट कोशी प्रदेश सिजन थ्री यहि जेठ १५ गते हुने भएको छ । विवाहित महिलाको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्देश्यले डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामो हुन लागेको ग्रान्ड फिनालेका लागि रहेका प्रतिस्पर्धिहरू प्रशिक्षणमा व्यस्त रहेको आयोजक वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी गराउनुभयो ।
सहभागी प्रतिस्पर्धीहरूको क्षमता विकासका लागि आयोजनकले वैशाख २४ गतेदेखि विशेष प्रशिक्षण गराइरहेको ग्रुपका सचिव ज्योति राईले बताउनुभयो । प्रतिस्पर्धिहरुलाई मिसेस स्टेटका कोरियोग्राफर डिजे ललित राईले प्रशिक्षण गराइरहनुभएको छ । सहभागीहरूको शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि सम्बन्धित विषयका विज्ञहरूद्वारा प्रशिक्षण गराइरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।
सहभागीहरूलाई शारिरिक तथा मानसिक रूपमा बलियो बनाउन आत्मरक्षाका तालिम, सकरात्मक सोच, व्यक्तित्व विकाश, उद्घोष कला र अर्गानिक कृषि फार्म अवलोकन भ्रमण गराइसकेको छ । सहभागीलाई आत्मरक्षाका लागि जुडो प्रशिक्षक एवं कोशी प्रदेश खेलकुद विकास बाेर्डका सदस्य रोशनी राई, सकरात्मक सोच, व्यक्तित्व विकास र उद्घोष कला तालिम कौशिकि क्याम्पसका चिफ एवं जेसिस धरानका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र अर्गानिक कृषिका बारे वसन्तटार स्थित सोताङ अर्गानिकका प्रो.कृष्ण राईले तालिम दिएको आयोजकले जनाएको छ ।
सहभागीहरूलाई स्टेज प्रस्तुतिसँगै जानकारहरूद्वारा नया संविधानमा महिला अधिकार, महिला सशक्तीकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृती र पहिचान सम्बन्धि जानकारीमुलक तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतना तालिम, प्राथामिक उपचार तालिम, उद्घोष तथा भाषणकला तालिम, आधारभूत पत्रकारीता तथा फोटोग्राफी सम्बन्धी जानकारी मुलक कक्षा, टेबल शिष्टाचार तालिम, फिटनेस तालिम, आत्मरक्षा तालिम, विजनेस टक, पर्यटन प्रवर्धन कक्षा, अर्गानिक कृषि सम्बन्धी जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन लगायतका विषयहरूमा तालिम तथा प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।
मिसेस स्टेट २०२५ सिजन थ्रीमा १९ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने आयोजक ग्रुपका सहसचिव छाया श्रेष्ठले जानकारी दिनुभयो । मिसेस स्टेट २०२५, कोशी प्रदेश सिजन थ्रीका विजेताले नगद रकम ५१ हजार, क्राउन, ट्रफि, गिफ्ट ह्याम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्ने छ । फस्ट रनर अपले नगद रकम २५ हजार र सेकेन्ड रनरअपले १५ हजार क्राउन, ट्रफि, गिफ्ट हयाम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्ने छ ।
यसैगरी टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस ब्युटिफुल, मिसेस फ्रेन्डसिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, वेस्ट ड्रेस, मिसेस एक्टिभ र पिपल्स च्वाइस अवार्ड रहेको छ । उनिहरूले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने ग्रुपका कोषाध्यक्ष रोजि ताम्राकारले बताउनुभयो ।
मिसेस स्टेट २०२५, सिजन थ्री कोशी प्रदेशको ग्रान्डफिनाले जेष्ठ १५ गते बिहीबार धरान १६ स्थित गुरुङ विविक्यू पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ ।