• ३ जेठ २०८२, शनिबार

संस्था ऐन कानुन अनुसार चल्नुपर्छ : खेलकुदमन्त्री चौधरी

blog

निशा राई 

धरान, जेठ ३ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल सरकारको ऐन कानुनले चल्ने संस्था ऐन कानुन अनुसार चल्नुपर्ने बताउनुभएको छ।

शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय धरानमा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्थाहरुले ऐन कानुन अनुसार नचले उक्त संस्थालाई कारबाही गर्ने बताउनुभएको छ । नेपाल सरकारले खेलकुदमा पहिला भन्दा धेरै बजेट छुटाएको छ । त्यसैले संघहरुले रेगुलर काम गर्नुपर्दछ । 

संघमा लाग्ने साथिहरुले विधान, अडिट, रिनोहरु लगायतका कामहरु समयमा नै नियमित गर्नुपर्ने उहाँले बताउनुभयो । संघहरु धेरै विवादमा आएको छ । त्यसैले सरकारको नियम कानुन अनुसार काम गर्न आग्रह गर्नुभयो । 

खेलकुद मन्त्रालयले हालसम्मको खेलकुद मन्त्रालयले भन्दा धेरै बैठक बसेको र खेलकुद लिगहरुमा सबै भन्दा बढी बजेट छुटाएको मन्त्री चौधरीले बताउनुभयो । “खेलकुद मन्त्रालय सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने योजना रहेकोले महिला, पुरुष सबै लिगहरुमा पहिला भन्दा बढी बजेट छुटाएको छौं,” उहाँले बताउनुभयो । 

हामी सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्छ । खेलक्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्नका लागि नै नयाँ कार्यक्रमहरु पनि ल्याउँदै गरेको मन्त्री चौधरीले बताउनुभयो । नेपालको ७७ जिल्लाहरुमा कोचहरु भएपनि खेलाडीहरू उत्पादन गर्न नसक्नु सबैको कमजोरी रहेको छ । त्यसैले खेलकुदलाई अगाडी बढाउन खेलाडीहरुलाई धेरै ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन, खेलकुद क्षेत्रमा विकास गर्नको लागि पनि ७ वटा प्रदेशमा रहेको १० वटा रङ्गशाला केन्द्र सरकारले लिएर अरु रङ्गशालाहरु  स्थानीय सरकार र प्रदेश सरकारलाई दिने घोषण गर्न लागेको छौं । खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास पनि जारी रहेको उहाँले जानकारी दिनुभयो । खेलाडीहरूको स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरूको लागि नयाँ कार्यक्रम आउने बताउनुभयो । 

खेल क्षेत्रमा खेलाडीहरूलाई टिकाइरहन अझै पनि समस्या रहेको कोशि प्रदेश फुटबल संघको अध्यक्ष किशोर राईले बताउनुभयो । खेलाडीहरु सेवा सुविधाबाट वञ्चित रहेको कारण पनि नेपालमा खेलकुद क्षेत्र अगाडी नरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपालि काँग्रेस कोशि प्रदेशको महामन्त्री उमेश थापा, धरानका सभापति श्याम पोख्रेल, महेन्द्र बहुमुखि क्याम्पस धरानको सभापति प्रसान राई लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।