चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३ गते। मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङले ३२ औं मदन–आश्रित स्मृति दिवसका मनाएको छ। उक्त अवसरमा बिरामीलाई फलफूल वितरण गरेर दिवस मनाएको हो। प्रतिष्ठानले शनिबार स्मृति दिवसका अवसरमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको हो।
प्रतिष्ठानका अध्यक्ष एवम् नेकपा (एमाले) ताप्लेजुङका सचिव सन्तोष चाम्लिङका अनुसार अस्पतालमा उपचाररत विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो। जिल्ला अस्पतालमा उपचाररत ४२ जना विरामीलाई फलफूल वितरण गरिएको चाम्लिङले जानकारी दिनुभयो।
जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा, एमालेका जिल्ला नेतृत्व लगायको उपस्थितिमा विरामीलाई फलफूल वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।
२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो। उक्त अकल्पनीय घटनाको सम्झानामा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ।