युएईका राष्ट्रपति शेख खलिफाको निधन
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल–नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए ।
पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा एघारको जनाको मृत्यु
पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात सङ्ख्यामा यात्रुहरु सवार रहेका समाचारमाा जनाइएको छ । अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।
मे दिवसमा भएको विरोघ प्रदर्शनमा गोली लागेर एक पत्रकारको मृत्यु
चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् । गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको छ ।
भारतमा कोरोनाका चार करोड ३१ लाख बढी सङ्क्रमित
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ ।
प्रधानमन्त्रीमा विक्रमसिङ्घे
आर्थिक सङ्कटपछिको प्रदर्शनले तनावग्रस्त श्रीलङ्कामा विपक्षी नेता रनिल विक्रमसिङ्घे नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । अनियन्त्रित प्रदर्शनकाबीच अन्तरिम प्रधानमन्त्रीका रूपमा बिहीबार विक्रमसिङ्घेले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको छ । उहाँ श्रीलङ्काका पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।
भारतमा कोरोनाका चार करोड ३१ लाखभन्दा बढी सङ्क्रमित
भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्व खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ ।
उत्तर कोरियामा एक जनामा कोभिड सङ्क्रमण भेटियो
उत्तर कोरियामा एकजनामा कोभिड १९ को सङ्क्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ ।
भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित
भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ ।
श्रीलङ्कामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन : भारत
भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् ।
युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने
युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मङ्गलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिनुभएको हो ।
अमेरिकामा एक करोड तीस लाख बढी बालबालिका कोरोना सङ्क्रमित
अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको सुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप
भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फिलिपिन्सको चुनाव : छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित
फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
कतारी राजकुमारी कञ्चनजङ्घा हिमालको चुचुरोमा
काठमाडौं, वैशाख २७ गते । कतारी राजकुमारी शेखा आश्मा अलथानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्नुभएको छ । कतारी राजकुमारी आश्मा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गर्ने पहिलो अरब महिला बन्नुभएको छ । उहाँले मे ८ तारिखका दिन कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको होे ।आफ्नो इन्स्टाग्राममा स्टाट्स राख्दै आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला हुन पाएकोमा गर्व लागेको बताउनुभयो । ‘‘म केहि दिन विरामी परेकी थिए । हिमाल चढ्न सक्दिन की जस्तो लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।,’’ उहाँले लेख्नुभएको छ, ‘‘हिमाल चढ्न सहज थिएन । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’’ उहाँले आफ्नो सफलताका पछाडि बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ । जसमा निम्स दाईलगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाईलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने बताउनुभयो । यस क्रममा सगरमाथा आरोहणको समेत प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।
दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने
दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताउनुभएको हो । उहाँले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राख्नुभएको हो ।
श्रीलङ्काका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यू घोषणा
श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् ।
ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प
ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
बेइजिङमा शून्य–कोभिड नीति
चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ ।
पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने
पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जानुहुने भएको छ । यही मे महिनाको मध्यतिर उहाँले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन् ।
मलेसियालमा दुई हजारभन्दा बढी सङ्क्रमित, चार जनाको मृत्यु
मलेसियामा गएको २४ घण्टामा २ हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा दुई हजार १५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् ।
हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको जनाइएको छ ।
इथियोपियामा मल र बीउ सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान
संयुक्त राष्ट्रसङ्घले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ ।