• १६ भदौ २०८१, आइतबार

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

blog

सोल, वैशाख २७ गते । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताउनुभएको हो । उहाँले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राख्नुभएको हो ।

सोमबार दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको उहाँको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका संवाददाताहरुसँग उहाँले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताउनुभएको हो । यहाँका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ–हामी सबै समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँचवर्षे कार्यकाल सुरु भएको छ । उहाँले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताउनुभयो ।