• १५ वैशाख २०८१, शनिबार

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

blog

कोलम्बो, साउन ४ गते । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनुभएको घोषणा गर्नुभएको छ । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।