• १५ वैशाख २०८१, शनिबार

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

blog

दमास्कस, साउन ७ गते । अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो । 

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक भएको बताएको छ ।

सन् २०१४ मा इस्लामिक स्टेट (आईएस) सँग लड्ने बहानामा अमेरिकी सेना सिरियामा प्रवेश गरेको थियो । सिरियाली सरकारले आफ्नो भूमिबाट अमेरिकी सेना फिर्ता गर्न बारम्बार आह्वान गर्दैआएको छ ।