उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री
उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो
। संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।
पाकिस्तानको दिगो आर्थिक विकासका लागि ९० खर्ब ५० अर्बको बजेट
देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ ।
भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित
भारतमा बिहीबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।
मेरिल्याण्ड गोलीकाण्डमा तीनको मृत्यु
हाँस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो ।
चीन र अमेरिकी रक्षामन्त्री बीच सिङ्गापुरमा भेट हुने
संयुक्त राज्य अमेरिका र चीनका रक्षामन्त्रीहरू बीच शुक्रबार सिङ्गापुरमा साङ्ग्रि–ला संवाद सुरक्षा शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।
युगान्डामा भोकमरी समस्या, सहयोगका लागि राष्ट्रसङ्घीय एजेन्सीको आग्रह
युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् ।
राष्ट्रपति सी पुनः सत्तामा पुग्ने तयारीमा
बेइजिङ, जेठ २६ गते । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ । विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् । यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।
कङ्गामो हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु
किन्शासा, जेठ २५ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।
नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या ४० पुग्यो
नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ ।
पाकिस्तानको पञ्जाबमा ९ जनाको गोली हानी हत्या
पाकिस्तानको पञ्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन
भि–२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् ।
पाकिस्तानमा गाडी दुर्घटना, २२ जनाको मृत्यु
बालोचिस्तान, पाकिस्तान, जेठ २५ गते । पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताउनुभयो । घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । उहाँले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिनुभएको छ ।
भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि
भारतमा मङ्गलबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
इरानमा रेल दुर्घटना कम्तीमा दशको मृत्यु
मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।
सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
रुसले सेभेरोडोनेत्स्कको आवासीय क्षेत्रहरू नियन्त्रण गर्छः रुसी रक्षामन्त्री
मस्को, जेठ २४ गते । रुसी रक्षामन्त्री सर्गेई शोइगुले मस्कोका सेनाले युक्रेनको पूर्वमा पर्ने प्रमुख शहर सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रको पूर्ण नियन्त्रणमा लिएको मङ्गलबार बताएका छन् । पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रमा अझै पनि युक्रेनी अधीन रहेको सबैभन्दा ठूलो शहर सेभेरोडोनेत्स्क - हालैका हप्ताहरूमा लडाइँको केन्द्रबिन्दु बनेको छ । "सेभेरोडोनेत्स्क शहरका आवासीय क्षेत्रहरू पूर्ण रूपमा मुक्त गरिएको छ," शोइगुले रक्षा मन्त्रालयको बैठकमा टेलिभिजन टिप्पणीमा भनेका छन् । रुसी सेनाले अझै पनि शहरको "औद्योगिक क्षेत्र र निकटतम बस्तीहरू" मा आफ्नो नियन्त्रण स्थापित गर्न खोजिरहेको उनले थपेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि रूसी सेनाले देशको पूर्वमा महत्त्वपूर्ण लाभहरू हाँसिल गरेको बताइएको छ । रुसी सेनाले अहिले पूर्वी युक्रेनी बन्दरगाह शहर मारिउपोललाई नियन्त्रणमा लिएको छ जुन द्वन्द्व अघि देशको दोस्रो व्यस्त शहर थियो । "मारिउपोल बन्दरगाहको उत्खनन पूरा भएको छ । यो सामान्य रूपमा सञ्चालन भइरहेको छ र पहिलो कार्गो जहाजहरू स्वीकार गरेको पनि शोइगुले भनेका छन् । मस्कोको आक्रमण सशुरु भएयता ६ हजार ४८९ युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेको शोइगुले बताएका छन् ।
दक्षिण कोरियाद्वारा चार देशका लागि नयाँ राजदूत नियुक्त
दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ ।
यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक
यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ ।
भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु
भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् ।
भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।
अर्जेन्टिनामा कोरोनाबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु
अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।
काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा - सर्वेक्षण
काजकिस्तान, जेठ २३ गते । काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् । त्यसैगरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ । मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो । सर्वेक्षणमा देशभरिबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् । संविधान संशोधनसम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै छ ।