• १६ वैशाख २०८१, आइतबार

मेरिल्याण्ड गोलीकाण्डमा तीनको मृत्यु

blog

मेरिल्याण्ड, जेठ २७ गते । यहाँस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताउनुभएको छ । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाउनु भएको छ ।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २.३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माइल टाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् ।

यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् ।  उक्त अवधिमा अमेरिकामा  कम्तीमा एकसय १० गोलीबारी भएका छन् ।