• १५ चैत २०८०, बिहिबार

श्रीलङ्काका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

blog

कोलम्बो , असार ३० गते । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ ।

राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले बताउनुभएको छ । 

राजापाक्षे, श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो ।

७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बस्नुभएको थियो । विकसित घटनाक्रमलाई सहजरूपमा सम्बोधन गर्न नसकेपछि उहाँले बुधबार राजीनामा बुझाउने घोषणा गर्नुभएको थियो ।