तेहरान, वैशाख २ गते । एक वर्ष भन्दा लामो समयदेखि फ्रान्समा बन्दी बनाइएका इरानी नागरिक महदिह एस्फान्डियारी स्वदेश फर्केको इरानको सरकारी टेलिभिजनले बुधबार रिपोर्ट गरेको छ । इरानले दुई फ्रान्सेली नागरिकलाई रिहा गरेको एक हप्ता पछि उहाँलाई रिहा गरेको जनाइएको छ ।
प्यालेस्टिनी अधिकार कर्मीको रुपमा कार्यरत महदिह एस्फान्डियारी फ्रान्सको जेलबाट रिहा भएपछि इरान फर्केको जनाइएको छ । जासुसीको आरोपमा इरानी जेलमा तीन वर्ष भन्दा बढी समय बिताएका फ्रान्सेली नागरिक सिसिल कोहलर र ज्याक पेरिस फ्रान्स रिहा भएको एक हप्ता पछि एस्फान्डियारीको रिहाइ भएको हो ।
यस अघि इरानले एस्फान्डियारीका लागि आदान-प्रदानको रूपमा दम्पतीलाई मुक्त गर्न सकिने सुझाव दिएको थियो । गत फेब्रुअरीमा फ्रान्सेली अदालतले उहाँलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीमा आतङ्कवाद ठहर गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाएको थियो । कोहलर र पेरिसलाई सन् २०२२ मे मा इरानमा पक्राउ गरी जासुसीको आरोपमा तीन वर्षभन्दा बढी जेलमा राखे पछि गत नोभेम्बरमा रिहा गरिएको थियो । रासस/एएफपी