पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि छजना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ ।
अफगानिस्तानको मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानद्वारा निन्दा
अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।
‘अग्निपथ’ योजनाविरुद्ध भारतमा हिंसात्मक प्रदर्शन
भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्नीपथ योजनाविरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् ।
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच भेटवार्ता
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच भेटवार्ता भएको छ ।
उर्जा बचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ ।
‘पद्मा पुल बिआरआईको हिस्सा होइन’
बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को हिस्सा नभएको स्पष्ट पारेको छ ।
मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको शनिबार १०० औँ जन्मदिन हो ।
साउदी युवराजले जुन २२ मा टर्की भ्रमण गर्ने
साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले जुन २२ मा टर्की भ्रमण गर्ने कार्यक्रम तय भएको टर्कीका अधिकारीले शुक्रवार एएफपीलाई बताएका छन् ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५०० नाघ्यो
भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।
सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्वारा उद्धार सुरु
सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।
भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो
भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।
युक्रेन सङ्कटले पूर्वी अफ्रिकी क्षेत्रमा खाद्य सङ्कट पर्नसक्ने
हालैका दिनहरुमा युक्रेनमा जारी रहेको सङ्कटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न सङ्कट पर्न सक्ने संयुक्त राष्टसङ्घले जनाएको छ ।
फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ प्रस्थान
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।
नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि
भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ ।
जापानमा जुलाई १० मा माथिल्लो संसद्को निर्वाचन हुने
माथिल्लो सदनका सदस्यहरु छनाेटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।
अष्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि
अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ ।
प्रहरी कारबाहीमा १० बन्दुकधारी मारिए
मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ ।
डोनबासकाे अधिकांश भूभाग रुसी फौजकाे कब्जामा
रुसी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गर्नको लागि सेभेरोडोनेत्सक शहर बाहिरका सबै पक्की पुलहरुलाई ध्वस्त बनाएको छ । पश्चिमी युक्रेनसँगको सबै सम्पर्क टुटाउनको लागि रुसी सेनाले यस्तो कदम चालेको स्थानीय सरकारले जनाएको छ ।
भारतमा थप ६५ सय नयाँ सङ्क्रमित
यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्री बडूद्वारा समकक्षी भारतीय र बंगलादेशका वाणिज्य मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
स्विजरल्याण्डको जेनेभामा जारी विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
आन्ध्र प्रदेशमा ३ बालबालिकासहित पाँच जनाको मृत्यु
अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
चीनमा राष्ट्रिय उर्जा बचत सप्ताह
चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।
सिकागोमा गोली प्रहार गरी पाँचको मृत्यु, १६ घाइते
अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।